हाम्राे चाहना,सम्वृद् समाजकाे स्थापना
Our Desire Prosperous Society

SWC Regd. No : 19843

अर्नाहामा ड्रामा क्लीनिकको आयोजना हुने ।

PAHUNCH-383x383

२७ असोज राजबिराज ।
युके ऐडको सहयोगमा सर्च फर कमन ग्राउण्ड तथा नेपाल प्रहरीसंगको साझेदारीमा सबल नेपाल सप्तरीद्धारा आयोजित पहुच परियोजना अन्र्तगत सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. ११ साबिकको अर्नाहा स्थीत राष्ट्रिय जनता मा.बि.मा ३ दिने ड्रामा क्लीनिकको आयोजना असोज २८ देखि ३० गतेसम्म हुने भएको छ ।
प्रहरी र स्थानीय समुदायलाई समाजमा शान्ति स्थापना र समुदायिक सुरक्षाको लागि सहकार्य गर्न प्रेरित गर्दै दुवै बीच विश्वास, सहकार्य र आपसी जवाफदेहिता बढाउने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको छ । ३० जना समुदाय र १० प्रहरीलाई सहभागी गराई विभिन्न अनुभवमा आधारित सिकाईका नयाँ तरिकाहरु जस्तै समुह कार्य, प्रभावकारी समन्वय, प्रभावकारी संचार, संवेदनशील वर्गको सहभागीताको महत्व, समस्या पहिचान तथा समाधानका विभिन्न उपायका वारेमा खेलविधि प्रयोग गर्ने र शान्ति, द्वन्द्व, हिंशा, नेपाल प्रहरीको काम कर्तव्य र अधिकार तथा समुदायको दायित्व र कथा सुनाउने शेषनहरुको मदतले प्रहरी र समुदायले एक अर्काका कार्य र अप्ठ्याराहरु बुझी सहकार्य गर्ने वातावरण निर्माण गर्न मदत पुग्ने शेषनहरु यसमा समावेश गरिएको छ । साथै नाटक कार्यशालाको माध्यमले समुदाय र प्रहरी विच सुमधुर सम्बन्ध स्थापना हुने यस कार्यक्रमको अपेक्षा रहेको जानकारी सबल नेपालका अध्यक्ष जुना गिरीले जानकारी गराउनु भएको छ ।
पाँच वटा गाविसको क्लस्टरमा आधारित भएर कार्यक्रममा स्थानिय महिला निगरानी समुह, महिला स्वयंसेविका, सामुदायिक मेलमिलाप समिति, युवा क्लव, नाटक समुह, नागरिक वडा मञ्च, विद्यालय व्यवस्थापन समिति, दलित समुह र संस्थाहरुबाट सहभागीहरुले प्रतिनिधित्व गरिरहेका छन् । त्यसैगरि कार्यक्रममा सहभागी प्रहरीहरुले क्लस्टर अन्तर्गतका नेपाल प्रहरीका स्थानिय कार्यालयहरुलाई प्रतिनिधित्व गरिरहेका छन् । कार्यक्रममा सप्तरी जिल्लाका साबिकका ५ गा.बि.स. (गा.बि.स. बोदेबर्साइन, बनौला, अर्नाहा, पातो र कबिलासा) का ६(६ जना सहभागि रहेका छन भने जिल्ला प्रहरी कार्यालय सप्तरीले स्थानीय चौकीहरुबाट १० जना सहभागि उपलब्ध गराउने जानकारी सबल नेपालका पहुच परियोजना संयोजक रोशन कुमार मण्डलले गराउनु भएको थियो ।

सन २०१७ मा जम्मा ३ वटा ड्रामा क्लीनिकको आयोजना गर्ने तथा प्रत्येक क्लिनिकको अन्तिम दिन मैत्रिपूर्ण नाटक प्रतियोगिता भब्य रुपमा आयोजना गरिनेछ । सबल नेपालले आयोजना गरेको यो तेश्रोे ड्रामा क्लीनिक हो । प्रहरी र समुदायहरुको सम्मिश्रण रहने दुई टिमले मैत्रिपूर्ण नाटक प्रदर्शन गर्नेछन् । कार्यक्रम पछि नियमित रुपमा प्रहरी र समुदायका विच संवाद गराउने, स्थानिय शान्ति सुरक्षाका रणनीतिहरु तयार पार्ने र त्यसका लागि सहकार्यमा आधारित क्रियाकलाप गर्ने जस्ता कार्यक्रम “पहुँच” परियोजना अन्तर्गत रहेको जानकारी अध्यक्ष गिरीले गराउनु भएको छ ।