हाम्राे चाहना,सम्वृद् समाजकाे स्थापना
Our Desire Prosperous Society

SWC Regd. No : 19843

खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न तर्फ नर्घो बासि अग्रसर

DSC_0258

३ जेष्ठ राजबिराज ।
गा.बि.स. स्तरीय सरसफाइ तथा स्वच्छता समन्वय समिति नर्घोले गरेको प्रतिवद्धता अनुसार तोकिएकै समय भित्र गा.बि.स.लाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न अग्रसरता देखाउदै बुधवार गा.बि.स.मा बृहत सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ ।
बिहानै गरिएको उक्त बृहत सरसफाइ कार्यक्रम अन्र्तगत जनता शंकर उच्च मा.बि.नर्घोबाट बृहत रयाली निस्की गा.बि.स.भरि परिक्रमा गरिएको तथा बाटो सरसफाइ गरिएको थियो । साथै चर्पी नबनाएकालाई समेत तोकिएकै समय भित्र बनाउन जानकारी गराएका थिए ।
रयालीमा सहभागिहरुद्धारा जकर घरमे चर्पी नै ओकर घरमे शादी नै, गेहना जेवर रुप सिंगार चर्पी बिना जिवन बेकार, मोवाईल, टिभी, मोटर कार चर्पी बिना जिवन बेकार लगायतका नाराहरु लगाईएको थियो ।

DSC_0176
गा.बि.स. स्तरीय सरसफाइ तथा स्वच्छता समन्वय समिती नर्घोको आयोजना संचालित कार्यक्रममा सबल नेपाल, स्थानीय शासन तथा सामुदायिक बिकास कार्यक्रम, सिडिपी कार्यक्रम लगायतले समन्वय गरेका थिए ।
कार्यक्रममा गा.बि.स. स्तरीय सरसफाइ तथा स्वच्छता समन्वय समिती नर्घोका अध्यक्ष एवं गा.बि.स. सचिव दिनेश यादव, निर्वतमान गा.बि.स. अध्यक्ष मुसहरु यादव, भुपु गा.बि.स. अध्यक्ष प्रमानन्द यादव, निर्वतमान उपाध्यक्ष सत्यनारायण यादव, समाजसेवी लालदेव यादव, स्वतन्त्रता सेनानी बिहारी साह, प्र.अ.नारायण यादव लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बालबालिका, बिभिन्न राजनितिक दलका प्रतिनिधीहरु, नागरिक सचेतना केन्द्रका प्रतिनिधीहरु, शिक्षकहरु, महिला समुहहरु, सिडीपीका महिला सहजकर्ता लगायतको समेत सहभागिता रहेको थियो ।

DSC_0252
हाल नर्घो गा.बि.स.मा ९५ प्रतिशत शौचालय निर्माण भई सकेको र १ साता भित्र गा.बि.स. पुर्ण रुपमा खुल्ला दिसा मुक्त क्षेत्र हुने जानकारी सबल नेपालका स्थानीय प्रज्वलक कृष्णदेव यादवले जानकारी गराउनु भएको थियो । स्मरण रहोस गा.बि.स. स्तरीय सरसफाइ तथा स्वच्छता समन्वय समिती नर्घोको बृहत भेलाको निर्णयानुसार जेठ १५ गते भित्र गा.बि.स.लाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको छ ।