SWC Regd. No : 19843

गणेश चाैधरीकाे जिवनमा चर्पीले ल्याएकाे परिर्वतन
रिंग उत्पादन

गा.बि.स.तेरहाैता खुल्ला दिसा मुक्त गर्न उत्पादन गरेको रिंग

सप्तरी जिल्ला तेरहोता गाविस वडा नं ५ वस्ने वर्ष ३९ को गणेश चौधरीको जीवनमा यतिवेला आमुल परिवर्तन आएको छ । गलोबल स्यानिटेशन फण्ड तथा युएनहयाविटाटसंगको साझेदारीमा सबल नेपालद्धारा गाविस तेरहोतामा खुला दिसा मुक्त अभियान संचालन हँुदा वेरोजगार भई वसि रहेका गणेश चौधरीले नयाँ रोजगारीको अवसर श्रृजना गरे । उनले सबल नेपालसंग रिंङ्ग वनाउने साचो सापटी सहयोगमा लिई रिंङ्ग निर्माण कामको शुरुवात गरे । साहु महाजनहरुसँग १६ हजार ऋण लिई शुरुवात गरेको यस व्यवसायवाट १५ सय थान रिङ्ग तथा स्लयाव बिक्रि गरि सकेको छ भने प्रति रिंङ्ग एवं स्लयावको ५ सयका दरले सात लाख पचास हजारको विक्रि गरि सकेका उनले हाल ६ लाख तिरेर किस्तामा ट्रयाक्टर समेत खरिद गरि सकेको छ । दुई छोरी एक छोराका बुवा गणेशलाल चौधरीले ३ वर्ष पहिला कुखरा फारम खोलेका थिए तर सोचे अनुसार कुखरा फारम चल्न नसके पछि उनले फारम वन्द गरी जंङ्गलवाट दाउरा ल्याई ठेलामा वजार सम्म पुर्याइ बेच्ने काम गर्थे ।

रिंग बिक्री गरि खरिद गरेको ट्रयाक्टर

रिंग बिक्री गरि खरिद गरेको ट्रयाक्टर

निक्कै नै मेहनत लागने तथा आम्दिानि पनि कम भएको हुँदा उनी दाउराको व्यापार पनि छाडेर वेरोजगार भई वस्न थाल्यो त्यहि बेला सबल नेपालको खुला दिसामुक्त अभियान संचालन हुँदा उनको भाग्य खुलेको उनी वताउछन् । अहिले गणेशको रिंङ्ग तेरहोता गाविस लगायत छेउ छाउको गाविसहरु रायपुर, हरिहरपुर लगायतका गाविसमा विक्रि भइ रहेको छ । हाल उ संग ६ सय थान रिंङ्ग तथा स्लयाव तयारी अवस्थामा रहेको छ भने तेरहोता गाविस समेत खुला दिसा मुक्त गा.बि.स. भई सकेको अवस्था छ ।

तयार गर्ने ः 

परमेश्वर झा, परियाेजना संयाेजक