SWC Regd. No : 19843

घुम्तीकोष स्थापनाको लागि सहकारी आवश्यकता सम्बन्धि सूचना

सबल नेपाल बि.स. २०६२ सालमा स्थापना भएको एक अगुवा गैरसरकारी संस्था हो । स्थापना काल देखि नै सबल नेपालले सामाजिक बिकासका क्षेत्रमा सक्रिय रुपमा कार्य गर्दै आइरहेको छ । युवाहरुद्वारा संचालित यस संस्थाद्वारा सेभ द चिल्ड्रेनसंगको साझेदारीमा सप्तरी जिल्लाको सुरुंगा नगरपालिका तथा खडक नगरपालिकामा संचालित समुन्नति कार्यक्रम अन्तर्गत जीविकोपार्जन कार्यक्रमको लागि घुम्तीकोष र बाल अक्षयकोष सुरुंगा नगरपालिकाको लागि वडा नम्बर ३ र ७ मा तथा खडक नगरपालिकाको लागि वडा नम्बर १ र २ मा स्थापना भइसकेको छ र हाल सोहि अनुरुप खडक नगरपालिका वडा नं. १ र २ वाहेकमा घुम्तीकोष स्थापनाको आवश्यकता भएको हुदाँ योग्य सहकारीहरुबाट आश्य पत्र सहित आवेदन आह्वानको लागि यो सूचना प्रकाशित मितिले १० दिन भित्र आवेदन दिन यो सूचना प्रकाशन गरिएको छ ।

आवश्यक संख्या  १ (एक)

सम्पर्क ठेगाना

सबल नेपाल
फिल्ड कार्यालय, खडक नगरपालिका, कल्याणपुर चाेक
फोन नम्बर ९८०१५६००२६
इमेल ः jobinsabalnepal@gmail.com
(नोट : आश्य पत्रको ढाँचाको लागि उल्लेखित ठेगाना मा सम्पर्क राख्नु होला )