हाम्राे चाहना,सम्वृद् समाजकाे स्थापना
Our Desire Prosperous Society

SWC Regd. No : 19843

नाटक गर्दै नाट्यशाला सम्पन्न (तस्वीर सहित)

5
३१ असोज राजबिराज ।
शम्भुनाथ नगरपालिका अन्र्तगतको वडा नं. ११ अर्नाहा स्थीत राष्ट्रिय जनता मा.बि.मा ३ दिन देखि संचालित नाट्यशाला आईतवार एक कार्यक्रम बिच सम्पन्न भएको छ ।
युके ऐडको सहयोगमा सर्च फर कमन ग्राउण्ड तथा नेपाल प्रहरीसंगको साझेदारीमा सबल नेपाल सप्तरीद्धारा आयोजित पहुच परियोजना अन्र्तगत प्रहरी र स्थानीय समुदायलाई समाजमा शान्ति स्थापना र समुदायिक सुरक्षाको लागि सहकार्य गर्न प्रेरित गर्दै दुवै बीच विश्वास, सहकार्य र आपसी जवाफदेहिता बढाउने उदेश्यका साथ कार्यक्रमको संचालन गरिएको थियो ।
सम्पन्न कार्यक्रममा ३० जना समुदाय र १० प्रहरीलाई सहभागी गराई विभिन्न अनुभवमा आधारित सिकाईका नयाँ तरिकाहरु जस्तै समुह कार्य, प्रभावकारी समन्वय, प्रभावकारी संचार, संवेदनशील वर्गको सहभागीताको महत्व, समस्या पहिचान तथा समाधानका विभिन्न उपायका वारेमा खेलविधि प्रयोग गर्ने र शान्ति, द्वन्द्व, हिंशा, नेपाल प्रहरीको काम कर्तव्य र अधिकार तथा समुदायको दायित्व र कथा सुनाउने शेषनहरुको मदतले प्रहरी र समुदायले एक अर्काका कार्य र अप्ठ्याराहरु बुझी सहकार्य गर्ने वातावरण निर्माण गर्न मदत पुग्ने तरिकाले शेषनहरुको संचालन गरिएको थियो ।
कार्यक्रममा सप्तरी जिल्लाका ५ गा.बि.स. (गा.बि.स. बोदेबर्साइन, बनौला, अर्नाहा, पातो र कबिलासा) का स्थानिय महिला निगरानी समुह, महिला स्वयंसेविका, सामुदायिक मेलमिलाप समिति, युवा क्लव, नाटक समुह, नागरिक वडा मञ्च, विद्यालय व्यवस्थापन समिति, दलित समुह र संस्थाहरुबाट ३० जना सहभागि रहेका थिए भने जिल्ला प्रहरी कार्यालय सप्तरीले स्थानीय चौकीहरुबाट १० जना सहभागि उपलब्ध गराएका थियो ।
३ दिने नाट्यशाला कार्यक्रम अन्र्तगत अन्र्तगत तेश्रो तथा अन्तिम दिन सहभागिहरुले आफुले सो अवधि भित्र सिकेका कुरालाई नाटकमा रुपान्तरण गर्दै बाल बिवाह, दहेज प्रथा घरेलु हिंसा लगायतको बिषयहरुलाई समेटी प्रहरी र समुदायको सम्बन्ध बिस्तार गर्ने उद्धेश्यका साथ नाटकको प्रस्तुती अर्नाहा चौकमा गरिएको थियो ।
धर्मेन्द्र चौधरीको नाटक समुहले जितेको उक्त समापन कार्यक्रममा सबल नेपालका कोषाध्यक्ष आयुश श्रेष्ठको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय सप्तरीका सहायक प्रहरी उपरिक्षक ध्रुव कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा जिल्ला प्रहरी कार्यालयकै महिला बालबालिका सेलका ईन्चार्ज सुजाता तुंगवाहान्चे, ईलाका प्रहरी कार्यालय बोदे बर्साइनका ईन्चार्ज सई उमाशंकर सिंह, सबल नेपालका परमेश्वर कुमार झा, हुकोडन एलटिओ शिवनाथ साह, कार्यक्रम संयोजक नन्दीता यादव लगायतको उपस्थिती रहेको थियो । बिजेता, उपबिजेता टोलीलाई ट्रफी, प्रमाण पत्र समेत बितरण गरिएको थियो । कार्यक्रमको संचालन सबल नेपालका परियोजना संयोजक रोशन मण्डलले गर्नु भएको थियो ।

फोटोहरू ः

1 2 3 4 6 7 8 9 10