SWC Regd. No : 19843

पिप्रा–पश्चिम प्रसुति गृहमा पहिलो बच्चाको जन्म

Birthin Center 2

Birthing Center 1२१ चैत्र, राजविराज । सुरुङ्गा नगरपालिका–१ पिप्रा–पश्चिम स्थित स्वास्थ्य चौकीमा हालै संचालनमा आएको प्रसुति गृहमा मंगलबार पहिलो बच्चाको सकुशल जन्म भएको छ ।
सुरुङ्गा नपा १ भेडिया निवासी रोशन चौधरी र चन्द्रिका चौधरीको दोश्रो सन्तानको रुपमा चैत्र २० गते विहान ७ः२५ बजे सकुशल छोरीको जन्म भएको जानकारी प्रसुति गृहकी अनमी सिता श्रेष्ठले गराउनु भएको छ । अनमी श्रेष्ठले दिनु भएको जानकारी अनुसार बच्चा जन्मिने बेलामा कुनै अप्ठ्यारो अवस्था नआएको र बच्चा पनि स्वस्थ रहेको तथा बच्चाको तौल ३ केजी ३ सय ग्राम रहको थियो ।
सबल नेपालद्वारा सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित स्पोन्सरशिप परियोजना अन्तर्गत फाल्गुन २४ गते प्रसुति गृहको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा सुरुङ्गा नपा–१ का वडाध्यक्ष मुक्तीकुमार कार्कीले सो प्रसुति गृहमा जन्मिने पहिलो पचास जना बच्चाको लागि सरकारले दिदै आएको प्रोत्साहन रकममा १ हजार रुपैयाँ थप पुरस्कार र बेबी सेट लुगा उपलब्ध गराउने घोषणा समेत गर्नुभएको थियो ।