हाम्राे चाहना,सम्वृद् समाजकाे स्थापना
Our Desire Prosperous Society

SWC Regd. No : 19843

प्रवाहका दृष्टिबिहिन परिवारलाई घर हस्तान्त्रण

001

४ श्रावण राजबिराज ।
जिंग्री पाण्डे प्रतिष्ठान, समाजिक अभियन्ता रमेश कुमार साह र सप्तरी युथ नेपालको संयुक्त अभियानमा सप्तरीको डाक्नेश्नरी नगरपालिका वडा नं. ८ स्थित प्रवाहपटि टोलमा दृष्टिबिहिन परिवारको लागि निर्माण गरिएको ३ थान घर बुधवार एक कार्यक्रम बिच हस्तान्त्रण गरिएको छ ।
जिग्री पाण्डे प्रतिष्ठानका अध्यक्ष एवं हास्य कलाकार जिग्री अर्थात कुमार कटेलको जन्मोत्सवको अवसर पारेर संचालन गरको उक्त कार्यक्रममा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णा बहादुर कटुवाल, अर्का हास्य कलाकार सिताराम कटेल (धुर्मुस) लगायतले घरको साँचो मण्डल परिवारलाई हस्तानत्रण गर्नु भएको थियो ।

कार्यक्रम संचालन जिंग्री पाण्डे प्रतिष्ठानका कोषाध्यक्ष तथा पाण्डे अर्जुन घिमिरेले जानकारी गराए अनुसार घर निर्माणका लागि कुल ३१ लाख ७० हजार ८ सय ७५ लागेको तथा देश बिदेशमा रहेका नेपालीहरुबाट जिग्रि पाण्डे प्रतिष्ठानले १८ लाख ५१ हजार ६४ त्यसै गरि सामाजिक अभियन्ता रमेश प्रसाद साहले ७ लाख ७७ हजार ४ सय ६ तथा सप्तरी युथ नेपालले २८ हजार गरि जम्मा २६ लाख ५६ हजार ४ सय ७० संकलन भएको थियो भने हाल बैंकमा मौज्दात ३ लाख ३९ हजार तथा नगद ९१ हजार ५ सय ९५ रहेको जानकारी गराउदै बाँकि ऋण रकम ५ लाख १४ हजार ४ सय ५ पनी देश बिदेशमा रहनु भएका नेपालीहरुबाटै सहयोग उपलब्ध हुने जानकारी गराउनु भएको थियो । त्यसै गरि दृष्टिबिहिनको लागि घर निर्माणमा धुर्मुस सुन्तली फाउण्डेसनले प्राबिधिक सहयोग गरेका थिए ।

१६ जनाको परिवार रहेको मण्डल परिवारका ६ जना दृष्टिबिहिन रहेका छन । जस मध्ये २ दाजु भाई, १ बहिनी र २ छोरा रहेका छन भने भाई उपेन्द्र मण्डलले साझँपख अलि अलि हेर्ने गरेका छन । १० जना बालबालिका रहेको सो परिवारका ४ जना बालबालिकालाई समाजिक अभियन्ता रमेश प्रसाद साहको अगुवाईमा हेल्प नेपाल नेटवर्कको सहयोगमा पठन पाठनको लागि काठमाण्डौं समेत पठाईएको छ ।
बुधवार सम्पन्न कार्यक्रम जिग्री पाण्डे प्रतिष्ठानका कुमार कटेल (जिग्री)को अध्यक्षतामा तथा प्रमुख जिल्ला अधिकारी कृष्णा बहादुर कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा समाजिक अभियन्ता रमेश प्रसाद साह, सप्तरी युथका बिष्णु यादव, दृष्टिबिहिन परिवारका तर्फबाट घरमुली शम्भु मण्डल लगायतले बोल्नु भएको थियो भने सप्तरी युथका सचिव आयुश श्रेष्ठले शुभकामना मनतव्य तथा कार्यक्रमको संचालन अर्जुन घिमिरे (पाण्डे) ले गर्नु भएको थियो ।

थप तस्वीरहरू

004

002

003

House for Blind_Prawaha