SWC Regd. No : 19843

प्रसुति सेवामा थप १ हजार

Birthing Centerराजविराज । सुरुङ्गा नगरपालिका–१ पिप्रा पश्चिम स्थित स्वास्थ्य चौकीमा हालै संचालन भएको प्रसुति गृहबाट सेवा लिने सेवाग्राहीलाई थप १ हजार रुपैयाँ पुरस्कार दिइने घोषणा गरिएको छ ।

बिहीवार सम्पन्न स्वास्थ्य चौकीमा उद्घाटन गरिएको प्रसुति गृहबाट सेवा लिने पहिलो ५० जना सेवाग्राहीलाई सरकारले दिदै आएको सुत्केरी भत्तामा थप १ हजार रुपैयाँ दिने सुरुङ्गा नगरपालिका वडा नं. १ का वडाध्यक्ष मुक्ति कुमार कार्कीले घोषणा गर्नुभएको छ । साथै वडाध्यक्ष कार्कीले सो पचास जना सेवाग्राहीको बच्चाको लागि बेवी सेट समेत उपलब्ध गराउने प्रतिवद्धता गर्नुभएको छ । हाल सरकारले प्रसुति गृहको सेवा लिदा यातायात वापत रु. ५ सय र प्रोत्साहन भत्ता स्वरुप रु. ४ सय तथा न्यानो कपडा उपलब्ध गराउँदै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथीको रुपमा उपस्थित सुरुङ्गा नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ चौधरीले प्रसुति गृहका लागि एम्बुलेन्सको PipraPashchim Health Postव्यवस्था गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभएको छ । सेभ द चिल्ड्रेनको साझेदारीमा सबल नेपालद्वारा संचालित स्पोन्सरशिप परियोजना अन्तर्गत पिप्रा पश्चिम स्वास्थ्य चौकीमा प्रसुति गृह निर्माण गरिएको हो । प्रसुति गृह ५ लाख बरावरको आर्थिक लगानीमा निर्माण गरिएको जानकारी सबल नेपालको परियोजना संयोजक नन्द किशोर चौधरीले गराउनु भएको छ ।