हाम्राे चाहना,सम्वृद् समाजकाे स्थापना
Our Desire Prosperous Society

SWC Regd. No : 19843

फुटबल क्लिनिकको आयोजना हुने ।

Footbal Clinic
१९ श्रावण राजबिराज ।
प्रहरी र स्थानीय युवालाई समाजमा शान्ति र समुदायिक सुरक्षाको लागि सहकार्य गर्न प्रेरित गर्दै दुवै बीच विश्वास, सहकार्य र आपसी जवाफदेहिता बढाउने उद्धेश्यको साथ राजबिराजमा बिहिवार देखि ३ दिवसिय हाम्रो टिम मैदानमा नामक फुटबल क्लिनिकको आयोजना हुने भएको छ ।
सबल नेपालद्धारा जारी बिज्ञप्तीमा श्रावण २० गते देखि संचालन हुने उक्त क्लिनिकमा जिल्लाका १६ देखी २९ वर्ष उमेर समुहका ६० जना युवा र २० जना प्रहरीको सहभागिता रहनेछन् । सहभागी युवाहरु स्थानिय युवा क्लब, राजनीतिक पार्टी, जातीय संस्था, सरकारी कर्मचारी, विद्यार्थी, दलित तथा अल्पसंख्यक समुदाय, महिला, पत्रकार जस्ता संस्था र समुदायलाई प्रतिनिधित्व गरिरहेका छन् । त्यसैगरि कार्यक्रममा सहभागि प्रहरीहरु नेपाल प्रहरी अन्तर्गतको नागरिक सहायता कक्ष, महिला तथा बालबालिका सेवा केन्द्र, सामुदायिक प्रहरी, ट्राफिक प्रहरी तथा अनुसन्धान अधिकारीहरुलाई प्रतिनिधित्व गरिरहेका छन् ।
यु के एडको आर्थिक सहयोगमा सर्च फर कमन ग्राउण्डले “पहुँच”  परियोजना अन्तर्गत सबल नेपालले नेपाल प्रहरीसंगको सहकार्यमा फुटबल क्लिनिकको आयोजना गर्ने जानकारी सबल नेपालका अध्यक्ष जुना गिरीद्धारा जारी गरि प्रेश बिज्ञप्तीद्धारा जानकारी गराईएको छ ।
यस कार्यक्रमले प्रहरी र युवाबीच सकारात्मक संवाद स्थापनाको लागि भूमिका खेल्ने तथा यसमा विशेष क्रियाकलाप तथा खेलकुदको माध्यमले द्वन्द्व र शान्ति स्थापना, लैंगिक, नेतृत्व, सहकार्य र सञ्चारका विषयहरुबारे क्षमता अभिवृद्धि समेत गरिने गिरीले जानकारी गराउनु भएको छ ।
बिज्ञप्तीमा क्लिनिकको तेश्रो तथा अन्तिम दिन २२ गते मैत्रिपूर्ण फुटबल प्रतियोगिताको आयोजना हुने तथा प्रहरी र युवाहरुको सम्मिश्रण रहने चार टिमले मैत्रिपूर्ण फुटबल समेत खेल्नेछन् ।