हाम्राे चाहना,सम्वृद् समाजकाे स्थापना
Our Desire Prosperous Society

SWC Regd. No : 19843

फुटवल क्लीनिकमा टिम निलो बिजयी (तस्वीर सहित)

DSC_0621
२३ श्रावण राजबिराज
प्रहरी र स्थानीय युवालाई समाजमा शान्ति र समुदायिक सुरक्षाको लागि सहकार्य गर्न प्रेरित गर्दै दुवै बीच विश्वास, सहकार्य र आपसी जवाफदेहिता बढाउने मुख्य उद्धेश्यका साथ गत २० गते देखि संचालित हाम्रो टिम मैदानमा अन्र्तगत प्रहरी क्लिनिकको तेश्रो तथा अन्तिम दिन भएको फुटबल प्रतियोगितामा टिम निलोले टिम पहेलोलाई टाईब्रेकरमा २ का बिरुद्ध ३ गोल गर्दै बिजयी भएको छ ।
उक्त क्लिनिकमा जिल्लाका १६ देखी २९ वर्ष उमेर समुहका ६० जना युवा र २० जना प्रहरीको सहभागिता रहेको थियो । सहभागी युवाहरु स्थानिय युवा क्लब, राजनीतिक पार्टी, जातीय संस्था, सरकारी कर्मचारी, विद्यार्थी, दलित तथा अल्पसंख्यक समुदाय, महिला, पत्रकार जस्ता संस्था र समुदायलाई प्रतिनिधित्व गरेका थिए । त्यसैगरि कार्यक्रममा सहभागि प्रहरीहरु नेपाल प्रहरी अन्तर्गतको नागरिक सहायता कक्ष, महिला तथा बालबालिका सेवा केन्द्र, सामुदायिक प्रहरी, ट्राफिक प्रहरी तथा अनुसन्धान अधिकारीहरुले प्रतिनिधित्व गरेका थिए ।
कार्यक्रम अन्र्तगत दोश्रो दिन युवाहरुले सुरक्षा र न्याय सम्बन्धी जानकारी पाउन भनी उद्धेश्यका साथ जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक मुकेश सिंह र जिल्लाका प्रधानाध्यधिस माननीय शारदा प्रसाद कोईरालासंग सम्बाद कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
यस कार्यक्रमले प्रहरी र युवाबीच सकारात्मक संवाद स्थापनाको लागि भूमिका खेलेको तथा यसमा विशेष क्रियाकलाप तथा खेलकुदको माध्यमले द्वन्द्व र शान्ति स्थापना, लैंगिक, नेतृत्व, सहकार्य र सञ्चारका विषयहरुबारे क्षमता अभिवृद्धि समेत गरेको सर्च फर कमन ग्राउण्डका जिल्ला संयोजक महेन्द्र महतोले जानकारी गराउनु भएको थियो ।
यु के एडको आर्थिक सहयोगमा सर्च फर कमन ग्राउण्डसंगको साझेदारीमा “पहुँच” परियोजना अन्तर्गत सबल नेपालले नेपाल प्रहरीसंगको सहकार्यमा फुटबल क्लिनिकको आयोजना गरेको हो ।
सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झाको अध्यक्षता सम्पन्न समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णा बाहादुर कटुवालको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा नेपाली सेनाका प्रमुख सेनानी सुरेन्द्र देव बोगटी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक मुकेश सिंह, शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक राम आधार यादव, अनुसन्धानका प्रहरी उपरिक्षक देवराज लिम्वु, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खडगा, गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, एसएनभीका कृष्ण जिसी, जिल्ला समन्वय समितिका मिथलेश यादव, सर्च फर कमन ग्राउण्डका महेन्द्र महतो र राजेश लोहनी, दलित जनकल्याण समाजका अशोक कामैत, युएन हेवीटयाटका हरि वुढाथोकी लगायतको सहभागिता रहेको थियो । बिजयी खेलाडिलाई प्रमुख अतिथी, अतिथी लगायतले ट्रफी, मेडल तथा प्रमाण पत्र बित्तरण गर्नु भएको थियो । कार्यक्रमको संचालन सबल नेपालका आयुश श्रेष्ठले गरेका थिए ।

https://www.facebook.com/pg/SABALNEPALsaptari/photos/?tab=album&album_id=1605712919479851

DSC_0431 DSC_0476 DSC_0493 DSC_0501 DSC_0512 DSC_0514 DSC_0520 DSC_0674 DSC_0678