SWC Regd. No : 19843

बरिष्ठ योंग च्याम्पियन आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति :२०७४।०९।१४ गते ।
सबल नेपाल बि.सं. २०६२ मा सप्तरी जिल्लामा स्थापना भएको एक अगुवा गैर सरकारी संस्था हो । स्थापना कालदेखि नै सबल नेपालले सामाजिक क्षेत्रमा सक्रिय रुपमा कार्य गर्दै आईरहेको सर्वविदितै छ । युवाद्वारा संचालित यस संस्थाद्धारा हाल Restless Development संगको साझेदारीमा विशेषगरी बालिका, दलित, मुस्लिम तथा फरक क्षमता भएका बालबालिकाहरुको लागि गुणस्तरीय शिक्षाको अधिकार सुनिश्चित गर्ने र विद्यालयलाई लैगिक हिंसामुक्त बनाउने उदेश्यले SAMBHAV परियोजना सप्तरी जिल्लाका ६ गाउपालिका र ५ नगरपालिकाका ५० विद्यालयमा संचालन गरिरहेको सहर्ष जानकारी गराउदै हाल सो कार्यक्रम संचालनका लागि वरिष्ठ योंग च्याम्पियन छनौटको लागि आन्तिरक दरखास्तको लागि आह्वान गरिएको छ ।
१) पद : सिनियर योंग च्याम्पियन (७ जना)
योग्यता तथा अनुभव :
१) प्रबिणता प्रमाण पत्र वा सो सरह उत्तीर्ण भएको ।
२) आवेदक १६ बर्ष पुरा भई २४ बर्ष ननाघेको हुनुपर्ने ।
३) यस अघि यसै कार्यक्रममा योंग च्याम्पियन रही कार्य गरेकोलाई प्राथमिकता दिईनेछ ।
४) कार्यक्रम संचालित बिद्यालयको सेवा क्षेत्रमा घर भई स्थायी बसोवास भएकोलाई प्राथमिकता दिइनेछ ।
५) १०० % प्रतिशत विद्यालय तथा विद्यालय सेवा क्षेत्रमा रहि कार्य गर्नु पर्ने ।
कार्य अवधि : परियोजना अर्न्तरगत भएको सम्झौता अनुसार ।
आवश्यक कागजातहरु : नेपाली नागरिकताको फोटोकपी र सम्पर्क नम्वर सहितको व्यक्तिगत विवरण तथा शैक्षिक योग्यताको प्रमाणपत्रको फाटोकपी सहित आवेदन फारम Download मा अावेदन पेश गर्नु पर्नेछ ।
नोट प्रारम्भिक छनौटमा परेका उम्मेदवारलाई मात्र परिक्षाको अगामी प्रकृयामा समावेश गरिनेछ । सबल नेपालको पदपुर्ति समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । युवा, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत युवाहरु तथा स्थानीयलाई प्राथमिकता दिईनेछ । सम्बन्धित आवेदकको घरमा अनिवार्य शौचालय हुनुपर्नेछ ।
दरखास्त दिने अन्तिम मिति : सुचना प्रकाशित मितिले ५ (पाँच) दिन भित्र साँझ ५ बजे सम्म । रितपूर्वक नआएको आवेदनलाई मान्यता दिइने छैन ।
विस्तृत जानकारी तथा आवेदन दिने सम्पर्क ठेगाना :
सबल नेपाल
मुख्य कार्यालय, राजबिराज –१, सप्तरी
इमेल : Jobinsabalnepal@gmail.com
(नोट – यो सूचना यस संस्थाको वेब पेज www.sabalnepal.org.np मा पनि हेर्न सकिनेछ ।)