हाम्राे चाहना,सम्वृद् समाजकाे स्थापना
Our Desire Prosperous Society

SWC Regd. No : 19843

बरिष्ठ योंग च्याम्पीयन तथा डाटा अपरेटर आवश्यकता सम्बन्धी सूचना

                                                                                                                              प्रथम पटक प्रकाशित मिति :२०७४।०६।१८ गते ।
सबल नेपाल बि.सं. २०६२ मा सप्तरी जिल्लामा स्थापना भएको एक अगुवा गैर सरकारी संस्था हो । स्थापना कालदेखि नै सबल नेपालले सामाजिक क्षेत्रमा सक्रिय रुपमा कार्य गर्दै आईरहेको सर्व बिद्धितै छ । युवाहरुद्धारा संचालित यस संस्थाद्धारा हाल Restless Development Nepal संगको साझेदारीमा विशेषगरी बालिका, दलित, मुस्लिम तथा फरक क्षमता भएका बालबालिकाहरुको लागि गुणस्तरीय शिक्षाको अधिकार सुनिश्चित गर्ने र विद्यालयलाई लैगिक हिंसामुक्त बनाउने उदेश्यले SAMBHAV सम्भव परियोजना सप्तरी जिल्लाका १६ गा.बि.स. र २ नगरपालिकाका ५० बिद्यालयमा संचालन गरिरहेको सहर्ष जानकारी गराउदै हाल कंचनपुर न.पा., हनुमाननगर कंकालनीमाई न.पा., त्रिहुत गाउँपालिका तथा सप्तकोशी न.पा.मा पर्ने बिभिन्न २५ बिद्यालयमा कार्यक्रम संचालनमा रहेको जानकारी गराउदै उक्त कार्यक्रमको प्रभावकारीताका लागि केही आवश्यक युवा जनशक्तिको आवश्यक्ता भए अनुसार अनुभवी नेपाली नागरिकहरुबाट तल उल्लेखित पदको लागि दरखास्त आवहान गरिएको छ ।
१. पद : सिनियर योंग च्याम्पीयन (८ जना) 
योग्यता तथा अनुभव :
# प्रबिणता प्रमाण पत्र वा सो सरह उत्तीर्ण भएको ।
# आवेदक १६ बर्ष पुरा भई २४ बर्ष ननाघेको हुनु पर्ने ।
# यस अघि यसै कार्यक्रममा योंग च्याम्पीयन रही कार्य गरेकोलाई प्राथमिक्ता दिईनेछ ।
# कार्यक्रम संचालित बिद्यालयको सेवा क्षेत्रमा घर भई स्थायी बसोवास भएकोलाई प्राथमिक्ता दिइनेछ ।
# १०० % प्रतिशत बिद्यालय तथा बिद्यालय सेवा क्षेत्रमा रहि कार्य गर्नु पर्ने ।
२. पद :डाटा अपरेटर (१ जना) 
योग्यता तथा अनुभव :
# प्रबिणता प्रमाण पत्र वा सो सरह उत्तीर्ण भएको ।
# आवेदक १६ बर्ष पुरा भई ४० बर्ष ननाघेको हुनु पर्ने ।
# कम्पुटर सम्बन्धी (एक्सल, वर्ड) लगायतमा दक्षता भएको ।
कार्य अवधि :परियोजना अन्र्तगत भएको सम्झौता अनुसार ।
आवश्यक कागजातहरु : सिनियर योंग च्याम्पीयनका लागि १६ बर्ष पुरा गरि २४ बर्ष उमेर ननाघेका तथा डाटा अपरेटरको लागि १६ बर्ष पुरा भई ४० बर्ष ननाघेको इच्छुक नेपाली नागरिकहरुले तथा नेपाली नागरिक्ताको फोटोकपी र सम्पर्क नम्वर सहितको ब्यक्तिगत बिवरण तथा आवश्यक कागजात सहित शैक्षिक योग्यताको प्रमाण पत्रको फोटोकपी सहित, प्रष्ट रुपमा पद उल्लेख गरिएको आवेदन फारम अनुसार अावेदन पेश गर्नुपर्नेछ। अावेदन फारम Download यहाँबाट गर्नुहाेस ।
नोट :प्रारम्भीक छनौटमा परेका उमेदवारलाई मात्र परिक्षाको अगामि प्रकृयामा समावेश गरिनेछ । सबल नेपालको पदपुर्ति समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । युवा, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत युवाहरु तथा स्थानीयहरुलाई प्राथमिक्ता दिईनेछ । सम्बन्धीत आवेदकको घरमा अनिवार्य शौचालय हुनुपर्नेछ ।
दरखास्त दिने अन्तिम मिति : सुचना प्रकाशित मितिले ५ (पाँच) दिन भित्र साझ ५ बजे सम्म । रित पुर्वक नआएको आवेदनलाई मान्यता दिइने छैन ।

बिस्तृत जानकारी तथा आवेदन दिने सम्पर्क ठेगाना :
सबल नेपाल
मुख्य कार्यालय, राजबिराज –१, सप्तरी
इमेल : jobinsabalnepal@gmail.com
(नोट :यो सुचना यस संस्थाको वेब पेज www.sabalnepal.org.np मा पनी हेर्न सकिनेछ ।)