हाम्राे चाहना,सम्वृद् समाजकाे स्थापना
Our Desire Prosperous Society

SWC Regd. No : 19843

बालबालिकाले आफनो योजना आफै छनौट गरे ।

Balbhela001
१ श्रावण राजबिराज ।
राजबिराज जेसिजको तालिम हाँलमा संचालित ३ दिवसीय बालभेला तथा बाल मेला अन्र्तगत बालबालिकाले बालबालिकाहरुको १७ बुँदे योजना प्राथमिकिकरणको आधारमा आफनो योजना आफै छनौट गरेका छन ।
जस अन्र्तगत बालबालिकाहरुले यातायात व्यवसाय संघ, उधोग र होल व्यवसायी संघसंग बालश्रम र बालबिवाह सम्बन्धी छलफल, श्रमिक बालबालिकालाई पुर्ण स्थापना गर्नलाई बिभिन्न निकाय संग छलफल गर्ने, बालक्लबका पदाधिकारीहरुलाई बालबिवाहबाट आउने समस्याहरुबारे अभिमुखिकरण गर्ने, बालबिवाह न्युनिकरण गर्नका लागि बालक्लबका पदाधिकारीहरुलाई परिचालन गर्ने, बिभिन्न कार्यालयहरुसंग छलफल तया अन्तरकृया गर्ने,  प्रत्येक बिद्यालयमा बालक्लब गठन गर्ने, प्रत्येक बिद्यालयका बालक्लबहरुलाई बाल श्रम र बालबिवाह सम्बन्धी अभिमुखिकरण दिइने, बाल भेलालाई नियमित गर्ने, प्रत्येक वडा स्तरीय बालक्लबका सदस्यहरुलाई उदघोषण तथा बालअधिकारबारे तालिम दिने, पुर्ण जन्मदर्ताको अभियान संचालन गर्ने, मातृ शिशु प्याकेज संचालन गर्ने, बालश्रम र बालबिवाह रोक्नका लागि समुदायमा सडक नाटक संचालन गर्ने, नियमित बालक्लबको बैठक गर्ने, नगर बाल क्लबसंजालको सचिवालय व्यवस्था गर्ने, राम्रो गर्ने बालक्लबलाई सम्मान गर्ने तथा बाल मैत्री, बालशोषण र भेदभाव सम्बन्धी अभिमुखिकरण संचालन गर्ने जस्ता योजनाहरु छनौट गरिएको छ । छनौट भएका योजनाहरुलाई राजबिराज नगरपालिकामा पेश गर्ने जानकारी नगरस्तरीय बाल संजालका अध्यक्ष आशिष गुप्ताले जानकारी गराउनु भएको छ ।
३ दिन सम्म संचालित उक्त बाल भेला तथा बालमेला पहिलो दिन बाल भेला र दोश्रो तथा तेश्रो दिन बालमेलाको आयोजना गरिएको थियो । बालमेलाको लागि बिभिन्न चेतना मुलक स्टलहरु राख्नुको साथै बालबालिकाको मनोरंजनका लागि बालबालिकाद्धारा नै नाटक, नृत्य तथा गायकी जस्ता प्रतिभाद्धारा बालबालिकालाई मनोरंजन प्रदान गर्नुका साथै नृत्य तथा नाटको प्रतियोगिता समेत संचालन गरिएको थियो ।
कार्यक्रम राजबिराज नगरपालिकाको सहयोगमा तथा जिल्ला बालक्लब संजाल सप्तरी र नगरस्तरीय बाल संजाल राजबिराजसंगको सहकार्यमा सबल नेपालद्धारा आयोजना गरिएको थियो । सबल नेपालका जुना गिरीको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा राजबिराज नगरपालिकाका समाज कल्याण शाखाका शाखा प्रमुख कल्पना देवको प्रमुख आतिथ्यता तथा गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीको बिशेष आतिथ्यतामा संचालन भएको थियो भने कार्यक्रममा जिल्ला बाल क्लब संजालका अध्यक्ष अमर यादव, नगरबाल संजालका अध्यक्ष आशिष गुप्ता लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन लाली गुरास बाल क्लबका अध्यक्ष मो. जकाउल्लाले गरेका थिए ।

 

तस्विरहरू :

Balbhela002

 

Balbhela003

 

Balbhela005

 

DSC_0528

 

Balbhela008

 

Balbhela008

 

Balbhela009

 

Balbhela010