हाम्राे चाहना,सम्वृद् समाजकाे स्थापना
Our Desire Prosperous Society

SWC Regd. No : 19843

बालश्रम बिरुद्धको दिवसमा नाटक

sadak natak

२९ जेष्ठ राजबिराज ।
१६ औं अन्तराष्ट्रिय बाल श्रम बिरुद्धको दिवस २०१७ को अवसरमा सबल नेपालद्धारा राजबिराजको अदालत रोडमा बाल श्रम बिरुद्धको बिषयमा नाटक मंचन गरिएको छ ।
द्धन्द र बिपदमा बालबालिकालाई बालश्रमबाट मुक्त गरौ मुलनाराका साथ १२ जुनका दिन बिश्व भरि मनाईने बाल श्रम बिरुद्धको दिवसको अवसरमा बाल श्रमबारे जानकारी दिने उद्धेश्यका साथ संचालन गरिएको थियो । उक्त सडक नाटकमा जिल्ला बाल संजालका अध्यक्ष अमर यादवले नाटक समापन पछि नेपाल सरकारले अवलम्वन गरेको निति अनुसार नेपालमा सवै प्रकारका बालश्रमको अन्तय २०२५ सम्म गर्ने लक्ष्य रहेकोले हाल बाल श्रम बिरुद्ध कडा कानुनहरु समेत बनी सकेकोले यसलाई नलत्याई हिडन सवैलाई जानकारी गराएका थिए । त्यसै गरि नेपालमा करिव १६ लाख बालबालिकाहरु बाल श्रममा रहेको र ६ लाख २१ हजार बालबालिकाहरु जोखिमपुर्ण काममा रहेको समेत उहाँले जानकारी गराउनु भएको थियो ।

sadak natak
उक्त नाटकमा जिल्ला बाल संजाल सप्तरीसंगको समन्वयमा सबल नेपालले रेष्टलेश डेभेलोपमेन्ट संगको साझेदारी तथा युनिसेफको सहयोगमा संचालन गरेको थियो । नाटकमा जिल्ला बाल संजालका अध्यक्ष अमर यादव, उपाध्यक्ष सुरुची झा, राजबिराज नगरबाल संजालका अध्यक्ष आशिष गुप्ता लगायतले कलाकारको रुपमा नाटकको प्रस्तुती गरेका थिए । त्यसैगरि कार्यक्रममा सबल नेपालका आयुश  श्रेष्ठ, सबल नेपालकै परियोजना अधिकृत नवीन यादव तथा रेष्टलेश डेभोलोपमेन्टका जिल्ला प्रमुख धिरेन्द्र चौधरीको समेत उपस्थिती रहेको थियो ।