SWC Regd. No : 19843

महिला क्रिकेटको उपाधि खडक नगरपालिकालाई

IMG-20190108-WA0020२४ पौष, बोदेबर्साइन ।
बोदेबर्साइन नगरपालिकाको जाजरमा संचालित ट्वाईन्टी ट्वाईन्टी क्रिकेट प्रतियोगिता अन्र्तगत भएको मैत्रीपुर्ण महिला क्रिकेटमा खडक नगरपालिकाले सुरुंगा नगरपालिकालाई रोमान्चक खेलमा ४ बिकेटले हराउदै उपाधि हात पारेको छ ।
टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गरेको सुरुंगा नगरपालिकाले निर्धारित १० ओभरका खेलमा ८ बिकेटको नोक्सानीमा ७२ रनको योगफल तयार पारेका थिए । सुरुंगाका लागि गिता चौधरीले १७ तथा बिपना चौधरीले १२ रनको योगदान दिएका थिए । बलिंग तर्फ खडकका सुस्मीता चौधरीले ४ ओभरमा २१ रन दिई ३ बिकेट तथा पुजा चौधरी र कृति चौधरीले सामान २ बिकेट लिएका थिए ।
७३ रनको लक्ष्य लिई मैदानमा ओर्लेको खडकले उक्त लक्ष्य रोमान्चक रुपमा अन्तिम ओभरको अन्तिम बलमा भेटाएका थिए । खडकलाई बिजयी दिलाउन भोलावति चौधरीले बिस्फोटक २० बलमा ६ चौक्काको मद्धतले नटआउट रहि ३४ रनको योगदान दिएका थिए भने अन्जली चौधरीले १६ रनको योगदान दिएका थिए । बलिंग तर्फ सुरुंगाका मोनिका चौधरी र गिता चौधरीले सामान ३ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच खडक नगरपालिकाका भोलावति चौधरीलाई नगद तथा पुरस्कार सहित सम्मान गरिएको । बिजयी खेलाडिलाई सप्तरी क्रिकेट संघका सदस्य अनवर अलीले ट्रफी बित्तरण गरेका थिए ।
सेभ द चिल्ड्रेनसंगको साझेदारीमा सबल नेपालले सप्तरी जिल्लाको महिला क्रिकेटलाई उकास्न खडक नगरपालिका तथा सुरुंगा नगरपालिकाका किशोरीहरुलाई प्रशिक्षण गराएका थिए । जसका लागि नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटाले समेत प्रशिक्षण दिनु भएको थियो भने

किर्तिमानी अन्तराष्ट्रिय खेलाडि महवुव आलम तथा धर्मेन्द्र चौधरीले प्रशिक्षण प्रदान गरि रहनु भएको छ ।

तस्वीरहरू

49562465_2271509449595735_1112871527277133824_n bat IMG-20190108-WA0001 IMG-20190108-WA0002 IMG-20190108-WA0004 IMG-20190108-WA0008 IMG-20190108-WA0010 IMG-20190108-WA0012 IMG-20190108-WA0013 IMG-20190108-WA0014 IMG-20190108-WA0017 IMG-20190108-WA0018 IMG-20190108-WA0019 IMG-20190108-WA0021 IMG-20190108-WA0023 IMG-20190108-WA0024 IMG-20190108-WA0025 IMG-20190108-WA0026 IMG-20190108-WA0027