SWC Regd. No : 19843

महिला क्रिकेट टिम तयारीको लागि सप्तरीमा प्रशिक्षण शिविर
रास्टिय प्रशिक्षक जगत टमाटालार्इ बलिंग गर्दै खडक न.पा.का उपमेयर तथा किपिंगमा सुूरूंगाका उपमेयर

रास्टिय प्रशिक्षक जगत टमाटालार्इ बलिंग गर्दै खडक न.पा.का उपमेयर तथा किपिंगमा सुूरूंगाका उपमेयर

राष्ट्रिय कोच जगत टमाटाद्वारा प्रशिक्षण
राजबिराज १२, मंसिर ।
सप्तरीमा किशोरी क्रिकेट उत्पादन सँगै बिकास गर्ने उदेश्यले सुरूगां र खडग नगरपालिकामा १ महिने किसोरी क्रिकेट प्रशिक्षण सूरू गरेको छ ।
खडग नगरपालीका वडा नम्वर ७ स्थित कल्याणपुरको खेल मैदानमा १ महिने किसोरी क्रिकेट प्रशिक्षण कार्यक्रम सुरू गरेको हो ।
सुरूगां नगरपालीका तथा खडग नगरपालीकाको संयोजनामा तथा सबल नेपाल र सेभद चिल्ड्रेन को साझेदारीमा यस क्षेत्रमा किक्रेटको बिकासलाई उकासने उदेश्यले प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उदेश्यले महिला किक्रेट उत्पादन गर्ने लक्ष्य सँगै सप्तरी टिम बर्षाैदेखी बन्न नसकेकोले सप्तरी टिम बनाई प्रतियोगितामा सहभागिता गराउने उदेश्य रहेको सप्तरी क्रिकेट सँघका सचिव आयुष श्रेष्ठले बताए ।
सो अवसरमा नेपाली क्रिकेट टोलिका प्रमुख प्रशिक्षक जगत टमाटाले एक कार्यक्रम बिच १ महिने किसोरी क्रिकेट प्रशिक्षणको ब्याटिंग गर्दै उदघाटन गरेका थिए । महिला प्रशिक्षण कार्यक्रमको लागि खुल्ला रुपमा आवदेन माँग गरे अनुसार १ सय १४ जना किशोरीहरुले स्वयं आवेदन दिएका थिए । टमाटाले सोही किशोरीहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
सो प्रशिक्षण वाट उत्कृष्ट ३० जना किसोरीहरू खेलाडी बिच अभ्यास म्याच गराउने र आउने दिनमा सप्तरी महिला किक्रेट टिम बनाउने लक्ष्य रहेको सबल नेपालका कोषाध्यक्ष तथा सप्तरी क्रिकेट सँघका सचिव आयुष श्रेष्ठ ले बताए
सो अवसरमा सुरूगां नगरपालिका उपमेयर बपन्दा पासवान, खडग नगरपालीका का उपमेयर यासमिन सुल्तान, वडा अध्यक्ष भगबति चौधरी, सेभ द चिल्ड्रेन सप्तरीका संयोजक तथा बरिष्ठ कार्यक्रम संयोजक अरूण महतो, कार्यक्रम संयोजक रचना थापा, खडग नगरपालिकाका ६ का वडा अध्यक्ष भगबति चौधरी, वडा नं. ८ का वडा अध्यक्ष मो ईसराईल, वडा नं. १० का वडा अध्यक्ष राजेन्द्र चौधरी, ७ का वडा अध्यक्ष राकेश साह, नेपाल पत्रकार महासँघ सप्तरीका सल्लाहकारद्वय धिरेन्द्र प्रसाद साह, श्रवण देब, सहसचिव चन्दनकुमार यादब, सबल नेपालका समुन्नती कार्यक्रमका संयोजक नन्दकिसोर चौधरी, सबल नेपालका असोक साह, प्रमेश्वर झा, प्रशिक्षक बिरू श्रेष्ठ, धर्मेन्द्र चौधरी, अम्पायर सँघका अध्यक्ष निरज सिँह, बाल कल्वका मो ताहिर तथा बरदान श्रेष्ठ लगायतले शुभकामना मन्तवय दिएका थिए ।
टमाटालाई भब्य स्वागत ः
राष्ट्रिय क्रिकेट टोलिका प्रमुख प्रशिक्षक जगत टमाटा सप्तरीको राजबिराज आउने खवर पाउना साथ सप्तरीका खेलाडिहरु, बजाज वारिर्यसका खेलाडिहरु तथा शिव ईन्टरनेश्नलका बिद्यार्थीहरुले उहाँलाई एयरपोर्टमै गई फुलमाला लगाई भब्य स्वागत गरिएको थियो भने खडक नगरपालिकामा रहेको कार्यक्रममा समेत किशोरी खेलाडिहरुले उहाँलाई भब्य स्वागत गरेका थिए । त्यसै गरि टमाटालाई सबल नेपाल र सेभ द चिल्ड्रेनले समेत स्वागत तथा सम्मान गरेका थिए ।

थप तस्विरका लागि यस लिंकमा क्लिक गर्नुहाेस ।