SWC Regd. No : 19843

राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा सरसफाइ कार्यक्रम

IMG-20190607-WA0007जेठ २४, कल्याणपूर सिरहा ।
राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा वेल्ट हंगर हिल्फे (Welthungerhilfe) र सबल नेपालद्धारा सिरहा जिल्लामा संचालित खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धन परियोजना अन्र्तगत कल्याणपूर नगरपालिका वडा नं. ३ मा सरसफाइ कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रममा वडा अध्यक्ष, स्थानिय वासी, महिला स्वास्थ स्वयम सेविकाहरुको अगुवाईमा इटारी टोलको जनता आधारभुत स्कुल देखि मदरसा सम्म सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सबल नेपालका पोषण अधिकृत प्रमित कुमार साहले स्थानिय वासीहरुको साथ र सहयोगमा मात्र पूर्ण सरसफाइ सम्भव हुने कुरा जिकिर गर्नु भएको थियो । त्यसैगरि अगामि दिनमा उत्पादित फोहोरहरुलाई सहि तरिकाले व्यवस्थापन गर्न सके फोहोर व्यवस्थापनलाइ पनि व्यवसायिक रुप दिन सकिने कुरा सबल नेपालकै उद्यम विकास अधिकृत सन्तोष भण्डारीले जानकारी गराउनु भयो । कार्यक्रममै सबल नेपालका कल्याणपूर नगरपालिकाकि वास अधिकृत अर्चना यादवले सरफाइको अवस्थामा सुधारको लागि थप गतिविधीहरु सो क्षेत्रमा संचालन गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभएको थियो ।

कल्याणपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष अशोक कुमार मण्डलको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा सरसफाइ अभियानले नगर तथा टोल वासीहरुलाई सांकेतिकरुपमा सरसफाइ एवमं स्वच्छ र स्वस्थ वातावरण कायम राख्न उत्प्रेरीत गरेको साथै घर, टोल, छिमेक सर्वत्र सरसफाइ कार्यक्रमले निरन्तरता पाएमा विश्व व्यापी रुपमा खडा भएको वातावरण प्रदुषण समस्यामा कमी आउने बिश्वास सहभागिहरुले गरेका थिए ।

तस्विरहरू ः

IMG-20190607-WA0003 IMG-20190607-WA0004 IMG-20190607-WA0005 IMG-20190607-WA0006