हाम्राे चाहना,सम्वृद् समाजकाे स्थापना
Our Desire Prosperous Society

SWC Regd. No : 19843

वातावरण दिवसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना
तस्वीर फेसबुक

तस्वीर फेसबुक

२२ जेष्ठ, राजबिराज ।
खुल्ला दिसा मुक्त गर्नु छ २०१७ भित्र, सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व भन्ने मुल नाराका साथ संचालित १८ औं सरसफाइ सप्ताहको पहिलो दिन बिश्व बातावरण दिवसको अवसरमा बिद्यालय स्तरीय कार्यक्रम तथा बृक्षारोपण कार्यक्रमहरुको आयोजना गरि संचालन गरिएको छ ।
सबल नेपालद्धारा २२ देखि २८ गते सम्म संचालन हुने सरसफाइ सप्ताह अन्र्तगत पहिलो दिन वातावरण दिवसको अवसरमा साबिकका नर्घो, मलेकपुर, बेल्ही चपेना, बनैनिया लगायतका गा.बि.स.हरु तथा हनुमाननगर नगरपालिकामा बिद्यालय, समुदायद्धारा रयालीको आयोजना गर्नुको साथ साथै सरसफाइ सम्बन्धी हाजरी जवाफ, बक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरिएको थियो । सबल नेपालद्धारा सरसफाइ सप्ताहकै अवसरमा गा.बि.स. बेल्ही चपेना, नर्घो, औरही लगायतलाई सत प्रतिशत चर्पीको निर्माण गरि खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न तर्फ अगाडि रहेको र सो को लागि बेल्ही चपेनामा सत प्रतिशत चर्पी निर्माण भई जिल्ला स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिलाई जानकारी गराइसको जानकारी सबल नेपालका कार्यक्रम अधिकृत शुभनारायण यादवले जानकारी गराउनु भएको थियो ।

तस्वीर फेसबुक

तस्वीर फेसबुक

 

त्यसै गरि राजबिराज नगरपालिकाको आयोजना तथा सप्तरी युथ नेपाल र सबल नेपालसंगको सहकार्यमा राजबिराज नगरपालिकाद्धारा आयोजित प्रभातफेरी तथा बृक्षारोपण समेत कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रम अन्र्तगत राजबिराज नगरपालिका देखि निकालिएको रयालीले नगरको सरसफाइ गर्दै सप्तरी युथ नेपालले आयोजना गरेको १ युवा ४ बिरुवा अभियान अन्र्तगत प्रजिअ निवास अगाडि थप फुलको बिरुवा समेत रोपिएको थियो ।

 

IMG_7105

राजबिराज नगरपालिकाद्धारा आयोजित उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, स्थानीय बिकास अधिकारी सुदेव पोखरेल, राजबिराज नगरपालिकाका कार्यकारी अधिकृत उमेश कुमार यादव, सबल नेपालका अध्यक्ष जुना गिरी, सप्तरी युथ नेपालका कोषाध्यक्ष बिष्णु यादव लगायतको उपस्थिती रहेको थियो भने उक्त कार्यक्रममा राजबिराज नगरका टोल बिकास संस्था तथा वडा नागरिक मंचका प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो ।

 

IMG_7106