SWC Regd. No : 19843

विद्यालय र स्वास्थ्य केन्द्रमा नगरपाालिका द्धारा संयुक्त अनुगमन निरिक्षण, प्र.अ. र शिक्षकलाई कार्वाही गर्न मेयरको निर्देशन

school

१४ असार २०७५, कदमाहा
सुरुगां नगरपालिका द्धारा बुधवारका दिन नगर क्षेत्र भित्र रहेका विभिन्न विद्यालयहरुमा संयुक्त रुपमा स्थलगत छडके अनुगमन निरिक्षण कार्यक्रम भएको छ ।
सवल नेपाल सप्तरी, सेभ द चिल्डेन र सुरुगां नगरपालिकाको समझदारीमा संचालित स्पोन्सरशिप कार्यक्रम अन्र्तगत नगर प्रमुख मुक्तीनाथ चौधरी, उप नगर प्रमुख विन्दा कुमारी पासवान, नगर शिक्षा अधिकारी हिरालाल राना, नगर स्वास्थ्य संयोजक भुप नारायण चौधरी, सामाजिक विकास समितिका संयोजक देवेन्द्र चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बच्चुलाल चौधरी, नगर बाल संरक्षण समितिका सदस्य सचिव आशाराम विश्वकर्मा, सहितका निरिक्षण टोली द्धारा सुरुगा नगरपालिकाको वडा नं ९, मा रहेका केशव स्मारक जनता माध्यमिक विद्यालय टिकुलिया, आधारभुत विद्यालय प्रमाणपुर, वडा नं. ७ मा रहेका रा.प्रा.वि. हरिपुर, स्वास्थ्य चौकी र वडा कार्यालय हरिपुर, वडा नं. ८ का रा.प्रा.वि. महुलिया, वडा नं. ११ का रा.प्रा. वि. औरहा र जनता माध्यमिक विद्यालय खज्जनपुर भज्जका, वडा नं. ४ मा रहेका रा.प्रा.वि. कदमाहा लगायतका स्थानमा गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह, विद्यालयमा शिक्षण सामग्रीको प्रयोग, विद्यालयमा शिक्षक र विद्यार्थीहरुको नियमित उपस्थिती दर, रेकर्ड व्यवस्थापन, पुनरर्निमाण र मर्मत सम्भार कार्यको अवस्था लगायतका विषय वस्तुहरुमा गहन अवलोकन र निरिक्षण गरी स्पोर्टमै सुझाव समेत दिने गरेको वडा अध्यक्ष समेत रहनु भएका सामाजिक विकास समितिका संयोजक देवेन्द्र चौधरीले जानकारी गराउनु भएको छ ।
यसै बिच विभिन्न वहाना लगायत विद्यालयमा हाजिरी गरी अधिकाशं गयल हुने प्रध्यानाध्यापक ताराकान्त चौधरीको हाजरी वहीमा समेत रातोकलम चलाएको र गयल हुने तथा लापरवाही गर्ने शिक्षक लाई स्पस्टिकरण पेश गर्न समेत आदेश गरेको जनाइएको छ ।
यता नगर शिक्षा अधिकारी हिरालाल रानाले शिक्षकहरुलाई आफनो व्यवहारमा सुधार ल्याउनुपर्ने अति आवश्यक्ता रहेको वताँउनु हुदै नैतिकताको आधारमा विद्यालयमा शिक्षण गर्न समेत सुझाव दिनु भएको हो ।