SWC Regd. No : 19843

शिलबन्दी कोटेशन आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति : २०७६/०१/२५ गते

सेभ द चिल्ड्रेन संगको साझेदारीमा सवल नेपाल र सेभ द सप्तरी राजविराजद्धारा सप्तरी जिल्लामा समुन्नती परियोजना संचालन भई रहेको छ । यस परियोजना अन्तर्गत सप्तरी जिल्लाको सूरुङ्गा नगरपालिका, खडक नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, राजबिराज नगरपालिका र बिष्णुपूर गाउँपालिकाहरुका युवाहरुलाई रोजगारको सुनिश्चितताको लागि व्यावसायिक तालिम दिनु पर्ने भएकोले सो तालिम संचालन प्रभावकारी रुपले गर्न सक्ने ईच्छुक तालिम तथा रोजगार प्रदायक संस्था/कम्पनी/फर्महरुबाट तल उल्लेखित शर्तहरुको अधिनमा रहने गरी शिलबन्दी दरखास्त आह्वानको लागि यो सुचना प्रकाशित गरिएको छ ।
शर्तहरु :
# संस्थादर्ता र नविकरण गरिएको प्रमाण पत्र ।
# नेपाल सरकारबाट व्यवसायिक तालिम संचालनका लागी विवरण सहितको ईजाजत प्रमाण पत्र ।
# मूल्य अभिबृद्धि कर तथा आयकरमा दर्ता भएको प्रमाण पत्र
# आ.व. २०७४/०७५ को कर चुक्ता प्रमाण पत्र
# आ.व. २०७४/०७५ को लेखापरिक्षणको (Audit report) प्रतिबेदन
# संस्थाको तालिम प्राप्त युवाहरुलाई रोजगार सिर्जनाका लागि स्वघोसित प्रतिवद्धता ।
# संलग्न हुने जनशक्तिको ब्यक्तिगत बिवरण (Bio-Data)
# राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था र सरकारी कार्यालय लगायत अन्य संघ संस्थाहरुमा सेवा प्रदान गर्दे आईरहेको तथा बाल सुरक्षा नीति अबलम्बन गरेकोलाई विशेष ग्राहयता दिइनेछ ।
# शिलबन्दी दरखास्त आवश्यक सम्पूर्ण कागजात सहित पेश गर्ने समयावधी मिति २०७६।०१।२५ गते देखि २०७६।०२।०५ गतेसम्म विहान १०ः०० बजेदेखि ०५ः०० बजेसम्म रहनेछ र सो समयावधी पश्चात प्राप्त शिलबन्दी दरखास्त स्वतः बदर ठहरिनेछ ।
# यस शिलबन्दी बोल पत्र सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ ।

यस शिलबन्दी बोल पत्र सम्बन्धी बिस्तृत विवरण प्राप्त गर्नका लागि कार्यालय समय भित्र संस्थाको सम्बन्धित कार्यालयमा सम्पर्क राख्न सकिनेछ र व्यावसायिक तालिम सम्बन्धी सामाग्रीहरुको Quotation फारम संस्थामा निःशुल्क उपलब्ध गराईनेछ वा संस्थाको वेबसाईटबाट Download गर्न सकिनेछ तथा ईमेल मार्पmत पनि अनुरोधको आधारमा प्राप्त गर्न सकिनेछ ।
ईमेल : maheshsabalnepal@gmail.com, mpchysts15@gmail.com

बिस्तृत जानकारी तथा पेश गर्ने सम्पर्क ठेगाना
सबल नेपाल
मुख्य कार्यालय, राजबिराज –१, सप्तरी

सेभ द सप्तरी

राजबिराज सप्तरी

वा
सबल नेपाल
फिल्ड कार्यालय, खडक नगरपालीका कल्याणपूर (ग्रामिण बिकास बैंकको उतर पट्टी)
इमेल : procurementsabal@gmail.com
(नोट : यो सुचना यस संस्थाको वेब पेज www.sabalnepal.org.np  or www.savethesaptari.org.np मा पनि हेर्न सकिनेछ ।)