हाम्राे चाहना,सम्वृद् समाजकाे स्थापना
Our Desire Prosperous Society

SWC Regd. No : 19843

सबलका परमेश्वर राष्ट्रिय युवा पुरस्कारबाट सम्मानित

5

३१ भाद्र, काठमाण्डौं ।
सबल नेपालका संस्थापक मध्ये एक परमेश्वर कुमार झा काठमाण्डौंमा एक कार्यक्रमका बिच राष्ट्रिय युवा पुरस्कारबाट सम्मानित हुनु भएको छ ।
ईन्फो नेपाल नामंक संस्थाले स्थापना गरेको राजु मेमोरियल युवा पुरस्कार प्रत्येक बर्ष आफनो बार्षिक साधारण सभा मार्फत नेपाल भरिका वातावरणिय र सरसफाइको क्षेत्रमा उल्लेखनिय कार्य गर्ने १ जना युवालाई पुरस्कृत गर्दै आएको छ । पानी सम्बन्धी बिज्ञ संस्थाको रुपमा रहेको ईन्फो संस्थामा कार्यरत स्व. राजु श्रेष्ठले आफनो कार्यकालमा पानी तथा वातावरणीय क्षेत्रमा उल्लेखनिय कार्य गरेको हुनाले उनको सम्झनामा सम्मान स्वरुप उक्त पुरस्कार प्रदान गर्दै आई रहेको छ ।

21462330_1843870282295154_601294623220698213_n (1)
सबल नेपालमा कार्यरत परमेश्वर झाले सप्तरी जिल्लामा खुल्ला दिसा मुक्त क्षेत्र प्रबद्र्धनका लागि खेलेको उल्लेखनिय भुमिकाको कदर गर्दै उक्त पुरस्कार संस्थाका अध्यक्ष उर्मिला जोशि, प्रमुख अतिथी बातावरण बिद्ध भैरव रिसाल, सरसफाइ तथा बातावरण बिज्ञ भुषण तुलाधर, ईन्फोका कार्यकारी निर्देशक बिपिन डंगोल लगायतले उक्त युवा पुरस्कार सहित सम्मान गर्नु भएको थियो । पुरस्कारको राशि १० हजार रहेको थियो ।