SWC Regd. No : 19843

सबलको स्थापना दिवसमा बृक्षारोपण

8८ कार्तिक, राजबिराज ।
सबल नेपालले आफनो स्थापना दिवसमा सप्तरी तथा सिरहाका बिभिन्न क्षेत्रमा बृक्षारोपण गर्दै मनाएको छ ।

स्थापना दिवसलाई पर्यावरणमयी बनाउन तथा बढदो जलवायु परिवर्तनलाई ध्यानमा राखि बृक्षारोपण गरिएको जानकारी सबल नेपालका अध्यक्ष जुना गिरीले गराउनु भएको थियो । सबल नेपालले एक सबलकर्मी ४ बिरुवा तथा समुदायमा बृक्षारोपण गर्ने सप्ताहव्यापी कार्यक्रम समेतको आयोजना गरेको छ जस अन्र्तगत बिहिवार सबल नेपालद्धारा सुरुंगा नगरपालिकाका बिभिन्न बिद्यालयहरुमा मेयर मुक्तिनाथ चौधरीको उपस्थितीमा बृक्षारोपण गरिएको थियो भने सिरहाको वडा नं. ११ स्थित दुर्गा मन्दिर तथा कर्जन्हाका बिद्यालयहरुमा बृक्षारोपण गरिएको थियो ।

सबल नेपालद्धारा राजबिराज स्थित वडा नं. १ पडरियामा समेत बृक्षारोपण गरिएको थियो । सप्ताहव्यापी कार्यक्रम अन्र्तगत बृक्षारोपण संगै समुदायमा सरसफाइ समेत गरिएको थियो भने सबलकर्मीहरुद्धारा आआफनो घरमा समेत ४ थान बिरुवाहरु रोपी स्थापना दिवस मनाएका थिए ।

सप्तरी जिल्लामा स्थापना भएको सबल नेपाल २०६२ कार्तिक ७ गते स्थापना भएको गैरसरकारी संस्था हो र स्थापनाकालदेखि नै सबल नेपालले सप्तरी जिल्ला लगायत सिरहा र महोतरीमा समेत सामाजिक बिकासका कार्यहरु प्रभावकारी रुपमा सेवा गर्दै आई रहेको छ ।
तस्विरहरू

1 2 3 4 5 6 7