SWC Regd. No : 19843

सबलको १३ औं साधारण सभा सम्पन्न (तस्विर सहित)

२९ मंसिर, राजबिराज ।
सबल नेपालको १३औं बार्षिक साधारण सभा शनिवार एक कार्यक्रमका बिच राजबिराज जेसिजको भवन सम्पन्न भएको छ ।
कार्यक्रममा सबल नेपालका परमेश्वर कुमार झाले पेश गर्नु भएको आ.व. २०७४।७५ को बार्षिक प्रतिवेदन तथा आ.व. २०७५।७६ को बार्षिक कार्यक्रम समेत पेश गर्नु भएको थियो । पेश गर्नु भएको प्रतिवेदन अनुसार आ.व.२०७४।७५ मा संचालित १० 1परियोजनाको ७ करोड १५ लाख १२ हजार १ सय ६३ रुपैया खर्च भएको तथा आर्थिक बर्ष २०७५।७६ को लागि १२ करोड ९४ लाख ३७ हजारको अनुमानित बजेट समेत पेश गर्नु भएको थियो ।
झाले पेश गर्नु भएको प्रतिवेदन अनुसार सबल नेपालले यसै बर्षदेखि प्रदेश नं. २ का सिरहा, जनकपुर तथा महोतरी लगायतका फिल्ड कार्यालय बिस्तार गर्दै सामाजिक कार्य गर्ने जानकारी गर्दै राजबिराज नगरपालिका स्थित भगवति पोखरीमा भगवति आराधना, युवा लक्षित कार्यक्रम गर्दै जिल्लाको खेलकुद बिकासमा आवश्यक पहल गर्ने लगायतको कार्यक्रम पेश गर्नु भएको थियो ।
कार्यक्रममा सबल नेपालले अन्तराष्ट्रिय नारि दिवसको अवसरमा आयोजना गरेको अनलाईन निवन्ध प्रतियोगिताका बिजेता मनोहर कुमार पोखरेललाई समेत नगद ५ हजार १ सहित सम्मान समेत गरेको थियो भने गैसस महासंघ नेपालको बरिष्ठ उपाध्यक्षमा मनोनित तथा गैसस महासंघ सप्तरीको अध्यक्षमा निर्वाचित शम्भुनन्द चौधरीलाई समेत सम्मान गरेको थियो ।
कार्यक्रममा सबल नेपालका उत्कृष्ट ९ कर्मचारीलाई ट्रफी तथा प्रमाण पत्र सहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा निरबहादुर आले, जितेन्द्र मण्डल, राधा चौधरी, अशोक कुमार साह, देवेश कुमार चौधरी, शुभ नारायण यादव, चन्दन यादव, रोशन मण्डल तथा नितु कर्ण रहेका थिए ।
कार्यक्रममा हुकोडनका अध्यक्ष सुरेन्द्र यादव, खडक नगरपालिका शिक्षक संघका अध्यक्ष शैलेन्द्र चौधरी, के के मोर्टसका प्रोपोराईटर अनवर अली, जिल्ला बाल क्लब संजालका सचिव बरदान श्रेष्ठ, समाजसेवी सुर्य नारायण यादव, जिल्ला अदालतका दिल कुमार वरदेवा, सेभ द चिल्ड्रेनका ईन्द्र हायु, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, राजबिराज नगरपालिकाका उपमेयर साधना झा, तिलाठि कोईलाडि गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिहं, गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, राजबिराज नगरपालिका मेयर शम्भु यादव, सुरुंगा नगरपालिका मेयर मुक्तिनाथ चौधरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रमको अध्यक्षता सबल नेपालका अध्यक्ष जुना गिरीले गर्नु भएको थियो । त्यसैगरि कार्यक्रमको संचालन सबल नेपालका कोषाध्यक्ष आयुश श्रेष्ठले गरेका थिए भने कार्यक्रममा सबल नेपालका कार्यकारी निर्देशक दिपककुमार झाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

तस्वीरहरू ः2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 20 21 22 23 24 DSC_0003 DSC_0005 DSC_0006 DSC_0007 DSC_0008 DSC_0012 DSC_0013 DSC_0014 DSC_0015 DSC_0016 DSC_0017 DSC_0018 DSC_0019 DSC_0020 DSC_0021 DSC_0022 DSC_0023 DSC_0026 DSC_0027 DSC_0028 DSC_0029 DSC_0032 DSC_0036 DSC_0037 DSC_0038 DSC_0040 DSC_0041 DSC_0042 DSC_0043 DSC_0044 DSC_0045 DSC_0046 DSC_0047 DSC_0048 DSC_0049 DSC_0050 DSC_0051 DSC_0052 DSC_0053 DSC_0054 DSC_0055 DSC_0056 DSC_0057 DSC_0058 DSC_0059 DSC_0060 DSC_0061 DSC_0062 DSC_0063 DSC_0064 DSC_0065 DSC_0066 DSC_0067 DSC_0068 DSC_0069 DSC_0070 DSC_0071 DSC_0072 DSC_0073 DSC_0074 DSC_0075 DSC_0076 DSC_0077 DSC_0078 DSC_0079 IMG20181215142749 IMG20181215142752