हाम्राे चाहना,सम्वृद् समाजकाे स्थापना
Our Desire Prosperous Society

SWC Regd. No : 19843

सम्भव परियोजनाको अनुगमन

Monitoring CDO Sambhav 1
३० कार्तिक, राजबिराज ।
सम्भव परियोजना अन्र्तगत संचालित कृयाकलापहरुको बिहिवार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जनता माध्यमिक बिद्यालय, खुरहुरियामा अनुगमन गरिएको छ ।
रेष्टलेश डेभोलोपमेन्टसंगको साझेदारीमा सबल नेपालद्धारा संचालित यस परियोजना अन्र्तगत बालबालिकाहरुलाई खेलको माध्यमबाट भर्नादरमा बृद्धि गर्ने तथा बिद्यालय छाडेका बालबालिकालाई बिद्यालय आउन अभिप्रेरित गर्ने मुख्य उद्धेश्यका साथ यो कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लगायतले कार्यक्रम अन्र्तगत संचालित फुटवल नेटको अवलोकन गर्नुको साथै फुटवल नेटका सहभागि बालबालिकाहरु तथा बालक्लबका पदाधिकारी लगायत बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुसंग कार्यक्रमको उपलब्धिको बारेमा अन्तरकृया समेत गर्नुभएको थियो ।
अनुगमनमा प्रमुख जिल्ला अधिकारी संगै प्रहरी उपरिक्षक मुकेश कुमार सिंह, सशस्त्र प्रहरी उपरिक्षक रामअधार यादव, रास्ट्रिय अनुसन्धानका प्रहरी उपरिक्षक देवराज लिम्वु, जिल्ला समन्वय समितिका वरिष्ठ कार्यक्रम अधिकृत नवराज खडका, सेभ द चिल्ड्रेनका अरुण कुमार महतो, महिला तथा बालबालिका कार्यालयका सविता काफले, गैसस महासंघ सप्तरीका सहसचिव बलदेव मण्डल, जिल्ला खेलकुद बिकास समितिका प्रमुख महेन्द्र प्रसाद यादव, जिल्ला शिक्षा कार्यालयका छवि खडका, सबल नेपालका अध्यक्ष जुना गिरी, सबल नेपालकै कार्यकारी निर्देशक दिपक कुमार झा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सम्भव कार्यक्रमको बारेमा रेष्टलेश डेभोलोपमेन्टका बरिष्ठ कार्यक्रम अधिकृत सुजात श्रमनारले जानकारी गराउनुु भएको थियो । प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता बिद्यालयका प्रधानाध्यापक सुर्यनारायण यादवले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सबल नेपालका आयुश श्रेष्ठले गरेका थिए ।

IMG_20171116_142338 IMG_20171116_142346 IMG_20171116_142747