हाम्राे चाहना,सम्वृद् समाजकाे स्थापना
Our Desire Prosperous Society

SWC Regd. No : 19843

सुरक्षित आप्रवासनको लागि घर घरमा बोल कार्यक्रम

safer migration tole

५ जेष्ठ राजबिराज ।
सुरक्षित बैद्धेशिक रोजगारीलाई सुरक्षित तथा उपलब्धी मुलक बनाउने मुल उद्धेश्यकका साथ संचालित सुरक्षित टोल अभियान अन्र्तगत कंचनरुप नगरपालिकाको बरमझिया हवेली टोलमा टोल टोलमा बोल कार्यक्रमको आयोजना गरिएको छ ।
सामीरहेल्भेटास स्वीस इन्टरकोपरेशनसंगको सहकार्यमा सबल नेपालद्धारा संचालित सुरक्षित आप्रवासन परियोजना अन्र्तगत गठन भएको सुरक्षित आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरीको आयोजनामा संचालित उक्त कार्यक्रम अन्र्तगत सो टोललाई सुरक्षित, ठगीमुक्त टोल तथा सिप मुक्त टोल समेत घोषणा गरिएको थियो ।

 

safer tole 2

सुरक्षित आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरीको अगुवाईमा संचालित उक्त कार्यक्रम अन्र्तगत निकालिएको रयालीमा सहभागिहरुले फ्रि भिसा फ्रि टिकट लागु गर, म्यानपावरलाई प्रहरीले गरेको कारवाही सराहनीय छ, ठगी बिरुद्ध प्रहरी कारवाही तिव्र गर, काठमाण्डौमा दिने न्याय महगो भो स्थानीय स्तरमा न्याय देउ लगायतको नारा लगाइएको थियो ।
कार्यक्रममा सामी हेल्भेटासका जिल्ला संयोजक देव नारायण चौधरी, सबल नेपालका परियोजना संयोजक अशोक कुमार साह, समाजिक परिचालक किशोरी शर्मा, रिर्टनी स्वयंसेवक राधा नेपाल, प्रकाश पोखरेल, राजेश चौधरी, सुरक्षित आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरीका सचिव बिरेन्द्र मण्डल सदस्य दुर्गा भटराई लगायतको उपस्थिती रहेको थियो ।