SWC Regd. No : 19843

सुरुंगा नगरपालिकाका ५ वटा वडा वाल बिवाह मुक्त

1

११ मंसिर, कुशहा ।
सुरुगां नगरपालिका अन्र्तगतको वडा नं. २, ४, ६, ७ र ८ मंगलवार एक भब्य कार्यक्रमको आयोजना गरि घोषणा गरिएको छ ।
सुरुगा नगरपालिका वडा नं. ४ अन्र्तगतको कदमाहामा आयोजित घोषणा कार्यक्रममा नगर प्रमुख मुक्तिनाथ चौधरीले बाल बिवाह रोक्नको लागि प्रत्येक वडामा पत्राचार भईसकेको र बिवाह गर्नको लागि उचित प्रमाण सहित वडा कार्यालय अनिवार्य रुपमा आवेदन दिई अनुमति लिनु पर्ने समेत जानकारी गराउनु भएको थियो । चौधरीले घोषणा भएको कुल ५ हजार ४३ घरधुरी मध्ये गत बर्षसम्मको नगरपालिकाको रेकर्ड अनुसार भएको बिवाह मध्ये ८७ प्रतिशत बालबिवाह हुने गरेको समेत जानकारी गराउनु भएको थियो भने यस बर्ष भएको कुल ९५ वटा बिवाह भएको बालबिवाह समेत नभएको जानकारी गराउनु भएको थियो ।
सबल नेपालले सेभ द चिल्ड्रेनसंगको सहकार्यमा संचालित समुन्नति कार्यक्रम अन्र्तगत प्रमुख अतिथीको आसनबाट बोल्दै प्रदेश सभा सदस्य गोबिन्द न्यौपानेले अव सुरुंगा नगरपालिकालाई नै वाल विवाह मुक्त नगरपालिका घोषणा गर्दै बालमैत्री नगर घोषणाको लागि अगाडि बढनु पर्ने तथा प्रदेश सरकारबाट समेत आवश्यक पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । सुरुंगा नगरपालिकामा कुल ११ वटा वडा रहेको छ ।
सुरुंगा नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश नं. २ का प्रदेश सभा सदस्य गोबिन्द न्यौपानेको प्रमुख अतिथ्यता तथा बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतको बिशिष्ठ आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा सुरुंगा नगरपालिकाका वडा अध्यक्ष, सबल नेपाल, सेभ द चिल्ड्रेन तथा नगरबालसंजाललाई उक्त वडाहरु घोषणा गर्नमा अहम भुमिका निर्वाह गरेकोमा कदर गर्दै सम्मान समेत गरेका थिए ।