SWC Regd. No : 19843

सुरुंङ्गामा धान दिवस मनाईयो

Dhan Diwas

१५ असार, राजबिराज ।
धान उत्पादनमा बृद्धि, राष्ट्रको सम्बृद्धि भन्ने मुल नाराका सुरुंगामा १५ औं राष्ट्रिय दिवस भब्यताका साथ मनाईयो ।
सुरुंङ्गा नगरपालिका वडा नं. ३ दौलतपुरमा मनाइएको उक्त दिवस गुलाव कृषक समुहको आयोजना तथा सबल नेपाल र सेभ द चिल्ड्रेनसंगको सहकार्यमा संचालन गरिएको थियो । कार्यक्रम अन्र्तगत गुलाव कृषक समुह तथा सबल नेपालका पदाधिकारी, कर्मचारी लगायतले २ कठा खेतमा धान रोप्दै धान दिवस मनाइएका थिए ।
नेपालले २०६२ सालदेखि अषाढ १५ लाई धान दिवसको रुपमा मनाउदै आएको छ । धान नेपालको प्रमुख खाधान्न बाली हो । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृर्षिमा २० प्रतिशत र कुल खाधान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान र्पुयाएको छ । कृर्षि बिभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । जस मध्ये तराईमा करिव ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाईन्छ । गत बर्षको कृर्षि बिभाकको तथ्यांक हेर्ने हो भने १० प्रतिशतले धान उत्पादन घटेको छ ।