SWC Regd. No : 19843

३ मिहिने सिलाई कटाई सीप विकास तालिम सम्पन्न

IMG_20171224_125010१० पौष, कुशहा ।
आर्थिक रुपमा विपन्न रहेका परिवारका युवा महिलाहरुलाई सिलाई कटाई सीप सिकेर व्यवसाय गरी आय आर्जन वढाउने उदेश्यका साथ खडक न.पा ४, करमनियाँमा संचालित ३ महिने सीप विकास तालिम आइतवार सम्पन भएको छ ।
सवल नेपाल र सेभ द चिल्डेनको साझेदारीमा संचालित स्पोरन्सरशिप कार्यक्रम अन्तर्गत साविकका पंसेरा, मल्हनमा र कुशहा गा.वि.स. अन्र्तगत रही विभिन्न टोलका ९ जना सदस्यहरुलाई सहभागि गराई उक्त तालिम दिईएको सवल नेपालका फिल्ड अधिकृत रविन्द्र प्रसाद साहले जानकारी गराउनु भएको हो ।
भदौ २० गते देखी संचालन भएको उक्त तालिममा ९ जनालाई सिलाई कटाई प्रशिक्षक सविना चौधरीले सहजीकरण गर्नु भएको थियोे । फिल्ड अधिकृत साहका अनुसार ती विपन्न समुदयका घर धुरीहरुलाई यस सीप विकास तालिम मार्फत आय आर्जन कार्यमा संलग्न गराई उनीहरुका वालबालिकाहरुको शिक्षा, स्वास्थ्य तथा संरक्षणमा पहुच पुग्ने बताउनु भएको थियो । सो तालिम समापन समारोहमा कार्यक्रम संयोजक नन्द किशोर चौधरीले तालिममा प्राप्त सीप उपयोग गरि आफनो परिवारको जिवन स्तर उकासी वालबलिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणमा पहुच बढाउन जोड् दिनु भएको हो । सुरुङ्गा न. पा. वडा न. ६ का नव निर्वाचित वडा अध्यक्ष लिला कान्त चौधरी ले सो तालिम मार्फत सिप प्राप्त गरी अबको दिनमा आय आर्जन गरेर आत्मनिर्भर बनी आफनो बाल बालिकालाई स्वास्य, पोषणयुक्त खाना र शिक्षामा ठुलो सहयोग पुग्ने कुरा व्यक्त गर्नु भयो । अध्यक्ष चौधरीले कार्यक्रमको बारे अझ थप्दै आयोजक संस्थालाई धन्याबाद दिदै सो तालिमबाट प्राप्त गरेका सीपलाई सहि सदुपयोग गर्न युवा महिलाहरुलाई सल्लाह तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।

IMG_20171224_124123
सुरुंगा नगरपालिका वडा नं. ६ का अध्यक्ष लिलाकान्त चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सबल नेपालका कार्यक्रम संयोजक नन्दकिशोर चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन सामाजिक परिचालक राधेश्याम रामले गर्नु भएको थियो ।