SWC Regd. No : 19843

सरसफाइ गर्दै मनाए जन्मदिन ।

४ कार्तिक राजबिराज । 
सबल नेपालका कर्मचारीहरुको अगुवाईमा सबल नेपालकै सिरहा स्थित शाखा कार्यालयका कार्यक्रम संयोजक बिभुषण कार्किको जन्म दिवसको अवसरमा सरसफाइ गर्दै मनाइएको छ ।
नौलो तरिकाले मनाइएको जन्मदिवसमा सबल नेपाल सिरहा शाखाका कर्मचारीले सिरहाको नभई चितवनमा सरसफाइ गरेका थिए । चितवनमा क्षमता अभिवृद्धि तालिम संचालन भईरहेकोले सोही स्थानलाई केन्द्रित गर्दै सरसफाइ गरिएको थियो ।
चितवनको पर्यटकिय स्थल सौराहामा गरिएको सरसफाइमा सबल नेपालका कर्मचारीका साथसाथै स्थानीय सामाजिक अभियन्ता तथा पर्यटकहरुको समेत बृहत सहभागिता रहेको थियो । पर्यटकिय स्थलमा गरिएको सरसफाइमा प्लाष्टिक, कागजहरुका साथसाथै हाति तथा गैडाले गरेका फोहोर समेत उठाइएको जानकारी सबल नेपालका पोषण अधिकृत प्रमित कुमार साहले गराउनु भएको थियो । सरसफाइ अन्र्तगत खोला किनारा, होटल, पसल, बाटो घाटो लगायत समेतको सरससफाइ गरिएको थियो ।
कार्यक्रममा सरसफाइ अभियन्ता धिरेन्द्र कुमार, श्रृति सिंह, आरति घिमिरे, लक्ष्मी सिग्देल, सोफिया ढकाल, दिपाशा घिमिरे लगायतको समेत उपस्थिती रहेको थियो ।

तस्विरहरू ः

bs1 bs2 bs3 bs5 bs6 bs7 bs8